हुण्डाई मोटर कम्पनीको इलेक्ट्रिक गाडि ‘आयोनिक फाइभ एन टिए स्पेक’ले इभि क्षमतामा मापदण्डको नयाँ रेकर्ड कायम गरेको छ ।इभि सवारीको प्रदर्शनमा हुन्डाई मोटर कम्पनीको विद्युतीय गाडी ‘आयोनिक ५ एन’ले इभि क्षमतामा मापदण्डको नयाँ रेकर्ड कायम गरेको हो।
जापानको इबाराकीस्थित सुकुबा सर्किटमा १५ फेब्रुअरीमा आयोजित मोटरस्पोर्ट इभेन्ट ‘एट्याक सुकुबा २०२५’ मा हुन्डाईको आयोनिक ५ एन मोडेलले सबैभन्दा कम समयमा ‘ल्याप’ पूरा गरेर नयाँ रेकर्ड कायम गरेको हो ।
नयाँ रेकर्ड कायम गरेको हुन्डाईको आयोनिक ५ एन कार जापानका प्रसिद्ध व्यावसायिक चालक नोबुतेरु तानिगुचीले हाँकेका थिए ।५७.४४६ ल्याप टाइमका साथ आइओनिक फाइभ एन टीए स्पेक सुकुबा सर्किटमा गुड्ने सबैभन्दा उच्च गतिको इभि बनेको छ। यो गति प्रतिस्पर्धी इभिको तुलनामा करिब २ सेकेण्ड बढी हो।
सुकुबा सर्किटमा यति कम समयमा एक ल्याप पूरा गरिएको यो नयाँ रेकर्ड हो । र, यो आयोनिक ५ एन इभिले बनाएको रेकर्ड हो । प्रतिस्पर्धी इभि आयोनिक ५ एनभन्दा २ सेकेन्ड पछाडि थियो ।
‘एट्याक सुकुबामा आयोनिक ५ एन हाँक्ने अवसर पाउँदा म आफूलाई सम्मानित भएको महसुस गर्छु,’ चालक तानिगुचीले भने, ‘जसले मेरै पछिल्लो रेकर्ड तोड्न एकदमै सहयोग गरेको छ ।’
आयोनिक ५ एनले यसअघि ‘२०२४ पाइक्स पिक इन्टरनेसनल हिल क्लाइम्ब’ मा एसयूभी वर्गमा नयाँ रेकर्ड कायम गरेको थियो ।
‘जापानमा आयोनिक ५ एनले राखेको रेकर्डले के स्पष्ट पारेको छ भने हुन्डाईले ईभी प्रविधिमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको छ,’ हुन्डाईको एन म्यानेजमेन्ट प्रमुख जुन पार्कले भने ।
हुन्डाईका अनुसार आयोनिक ५ एनमा एक्टिभ साउन्ड प्लस मोडिफाइड स्पिकर, नयाँ सक एब्सर्बर, मोटरस्पोर्ट–ग्रेड ब्रेक, १८ इन्चको योकोहामा एडभान ००५ स्लिक टायर, एरोडाइनामिक प्याकेज, रिकारो प्रो रेसर एसपीए हान्स सिट, इभि फायर सप्रेसन सिस्टम लगायत फिचर समावेश छन् ।
यो इभेन्टमा हुण्डाई एन, आईओनिक फाइभ एन टीए (टाइम अट्याक) र चर्चित जापानी व्यवसायिक चालक नोबुटेरु तानीगुचीको साउथ उत्रिएको थियो।
आयोनिक फाइभ एनको मोटर भेरियन्ट आईओनिक फाइभ एन टीए स्पेकले अवार्ड जित्नु नौलो नभएको कम्पनीले जनाएको छ।
यसले सन् २०२४ मा पिक्स पिक इन्टरनेशनल हिल क्लाइम्ब (पीपीआईएचसी)को ‘मोडिभाइड प्रोडक्सन इलेक्ट्रिक एसयूभी’ श्रेणीमा पनि अवार्ड जितेको थियो।