images
images

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता-२०८१’ सम्पन्न

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता-२०८१’ सम्पन्न

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • images
    images
    सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता-२०८१’ सम्पन्न
    images
    images

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा ‘नेपाल एपीएफ स्कुल कीर्तिपुरको २०औँ स्थापना दिवस’ तथा ‘दोस्रो एनएपिएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८१’ सम्पन्न भएको छ । 

    बिहीबार भएको फुटबलको फाइनमा नेपाल एपीएफ स्कुल कीर्तिपुरले सैनिक आवशीय महाविद्यालय सल्लाघारीलाई ५–० गोलको अन्तरले पराजित गरी विजयी भएको हो ।

    महानिरीक्षक अर्यालले स्थापना दिवसको अवसरमा नेपाल एपीएफ स्कूल कीर्तिपुरलाई सहयोग पुर्याउनु हुने महानुभाव तथा संघसंस्थाहरुलाई कदरपत्र प्रदान गर्नुकासाथै सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधी जित्न सफल नेपाल एपीएफ स्कुल कीर्तिपुर तथा उत्कृष्ट खेलाडीहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

    महानिरीक्षक अर्यालले स्थापना दिवसले विद्यालय व्यवस्थापन समिती, शिक्षक, शिक्षिका तथा छात्रछात्राहरुमा थप हौसला र उर्जा मिलोस् भन्ने शुमकाना व्यक्त गर्नुहुदै विद्यालयको शैक्षिक अवस्थालाई गति र रफ्तारमा ल्याउनको लागि विद्यालय परिवार, अभिभावक, सहयोगी संघसंस्था लगायत सबैमा हार्दिक आभार प्रकट गरे ।

    उनले विद्यालयले शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीहरुले आफ्नो भाग्य रेखा कोर्नसक्छ भन्ने कुरालाई आत्मसाथ गरी आयोजना गर्दै आईरहेको खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको शारिरीक, मानसिक, सामाजिक र व्यावसायिक जीवनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

    महानिरीक्षक अर्यालले विद्यालयले प्रदान गर्दै आईरहेको शिक्षाको गुणस्तरलाई अन्य विद्यालय भन्दा फरक तवरबाट अगाडि बढाउँदै लैजानुपर्ने बताउँदै नेपाल एपीएफ स्कूल नेपालकै उत्कृष्ट विद्यालयभित्र पर्ने गरी शिक्षण कार्यलाई समयानुकुल परिमार्जन र वैज्ञानिक ढंगले अगाडि बढाउनुपर्ने बताए । 

    उनले विद्या व्यक्तिको आभूषण र नैतिक व्यक्तिको शक्ति हो भन्ने कुरालाई मध्यनजर गर्दै नैतिक शिक्षालाई विद्यालय तहबाट अध्यापन अभ्यास गराउनेतर्फ विद्यालय परिवार तथा शिक्षक शिक्षिकाहरुमा ध्यान जान आवश्यक रहेको बताउँदै आजको यस अवस्थामा युवाहरुमा देखिएको लागूऔषध दुर्व्यसनीको समस्या व्यक्ति, परिवार र समाजमा मात्र नभई सम्पूर्ण राज्यलाई नै पर्ने असरहरुको बारेमा विद्यालय तहबाट प्रशिक्षित गराउन आवश्यक रहेको बताए । 

    महानिरीक्षक अर्यालले संगठनले विद्यालयलाई दिनुपर्ने साथ र सहयोगलाई कुनै पनि कसर बाँकी नराखेको तथा विद्यार्थीहरूलाई उचित शिक्षा दिने कार्यमा समेत संगठनले कुनैपनि सम्झौता नराखेको बताउनुहुँदै अभिभावक वर्गले आफ्ना सन्ततीहरुको बारेमा विशेष चासो राखी विद्यालयलाई आवश्यक सुझाव, सल्लाह, पृष्ठपोषण उपलब्ध गराई आवश्यक सहयोग र सहकार्य गरी अगाडी बढ्नुपर्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार