images
images

अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारलगायतका बिदेशी मुद्रा बिक्री विनिमय दर कति छ ?

अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारलगायतका बिदेशी मुद्रा बिक्री विनिमय दर कति छ ?

शुक्रवार, फागुन ९ २०८१
शुक्रवार, फागुन ९ २०८१
  • images
    images
    अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारलगायतका बिदेशी मुद्रा बिक्री विनिमय दर कति छ ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । 

    यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ २३ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९८ पैसा तय गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    जापानी येन १० को खरिददर ०९ रुपैयाँ २२ पैसा र बिक्रीदर ०९ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ११ पैसा र बिक्रीदर ४ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्री दर ३१ रुपैयाँ ३७  पैसा तोकिएको छ । 

    त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ०९ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ २० पैसा र बिक्रीदर ४५० रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७३ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९४ पैसा तय गरिएको  छ ।
     
    यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार