आज विक्रम संवत २०८१ साल फाल्गुन १० गते, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी २२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । नवमी तिथि, ७ घडी ५५ पला, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त दशमी । ज्येष्ठा नक्षत्र, २० घडी २ पला, दिउसो २ बजेर ४१ मिनेट उप्रान्त मूल । योग–हर्षण, ६ घडी ५७ पला, बिहान ९ बजेर २४ मिनेट उप्रान्त बज्र । गर करण, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर १४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–बृश्चिक, दिउसो २ बजेर ४१ मिनेट उप्रान्त धनु ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक पक्ष सबल रहेको छ । व्यापार व्यवसायमा नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगमा राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । कृषि, पशुपालन, खाद्यान्न तथा होटल रेष्टुराको व्यवसाय फस्टाएर जानेछ । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सावधानीपूर्वक किनमेल गर्नुहोस्। साना तिना काममा अल्झिदा महत्त्वपूर्ण काम रोकिन सक्छ । सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । उधारो व्यापार गर्नुपर्ला। आँटेको यात्रा रोकिन सक्छ। काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। प्रयत्न गर्दा साँझपछि आंशिक लाभ उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आज पैसाको लेनदेन नगर्नुहोला। व्यापार व्यवसाय फस्टाएर जानेछ । व्यवसायको लागि लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरु जोड्न सकिनेछ । नयाँ योजना बन्नेछ । थोरै लगानीबाट नाफा कमाउन सकिन्छ । दिगो फाइदा हुने काम हात पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय र परिस्थितिलाई विचार गरेर कार्य गर्नुहोला। व्यवसायमा लगानी बढाउदा मनग्य फाइदा हुनेछ । काममा केही अलमल हुन सक्छ।परिस्थितिवश लक्ष्य प्राप्तिमा बाधा हुनेछ । नयाँ काम सुरु गर्ने समय छ । भौतिक सम्पत्तिमा क्षति पुग्ने समय छ । प्रतिष्ठित व्यक्तिहरूसँग प्रस्पिर्धा गर्नुपरे पनि सफलता तपाईँकै पक्षमा छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पैतृक सम्पत्तिमा देखिएको विवाद सुल्झिने सम्भावना छ । मध्यान्हपछि व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । विलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। व्यवहारमा कठोरताले समस्या निम्त्याउन सक्ला। आज कुनै पनि निर्णय लिनुअघि राम्रोसँग सोचविचार गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरुकै काममा महत्त्वपूर्ण समय बित्नेछ । विभिन्न योजना कार्यान्वयन गर्ने समय भए पनि सहकर्मीबाट विरोध हुँदा बाधा पुग्नेछ । कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन गर्न सकिनेछ । प्रयास गर्दा लामो समयदेखि रोकिएको पैसा फिर्ता हुन सक्छ । आफ्नो प्रतिलफलबाट अरुले फाइदा उठाउन सक्छ । उपलब्धिका लागि दोहोर्याएर काम गर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानो प्रयत्नले महत्त्वपूर्ण काम गरी फाइदा लिन सकिनेछ । आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने समय छ। कार्यक्षेत्रमा नयाँ योजनाहरू सुरु गर्ने समय छ । मिहिनेतले नयाँ काम गर्ने अवसर छ । आफ्ना कमजोरीमाथि टिका टिप्पणी हुने समय छ । सचेत रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसाय फस्टाएर जानेछ । होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिनेछ । सपना साकार गर्न कठिन मेहनत गर्नुपर्ला । विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले आफ्ना कमजोरीबाट लाभ उठाउने चेष्टा गर्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिहानको समयमा अनावश्यक खर्च बढ्नेछ । न्यून पारिश्रमिक काम गर्नुपर्ला छ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेकोछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत धन जुट्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आत्मविश्वासको साथ गरिएको काममा सफलता मिल्नेछ। लामो दुरीको यात्राको तय हुनेछ । बिहानको समय उत्तम रहेको छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सरसापटमा सञ्चित धन बाहिरिने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रचनात्मक कार्यबाट विशेष सफलता मिल्नेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ । पैत्रिक सम्पत्तिको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । आवश्यकताहरू पूरा गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। साँझतिर व्यापारमा फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पैत्रिक सम्पत्तिको प्रयोग गरी आर्थिक लाभ लिने योग छ । लक्ष्य प्राप्तिको लागि चालिने कदमहरू सफल हुनछ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। साँझतिर सानो प्रयत्नले कीर्तिमानी काम बन्न सक्छ ।