images
images

प्रचण्डको स्वीकारोक्ति : जनताबाट सोचेको भन्दा बढी माया पाएपछि हामी उम्लियौँ

प्रचण्डको स्वीकारोक्ति : जनताबाट सोचेको भन्दा बढी माया पाएपछि हामी उम्लियौँ

मंगलवार, फागुन १३ २०८१
मंगलवार, फागुन १३ २०८१
  • images
    images
    प्रचण्डको स्वीकारोक्ति : जनताबाट सोचेको भन्दा बढी माया पाएपछि हामी उम्लियौँ
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र युवादेखि ज्येष्ठ नागरिकसम्मको पार्टी भएको बताएका छन् ।

    images
    images

    मोरङको कानेपोखरीमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले माओवादीमा जनमतलाई प्रभाव पार्ने गरी प्रवेशको लहर चलेको दाबी गरे । उनले माओवादी पार्टीलाई बलियो बनाउने काममा लाग्न पनि सबैमा आग्रह गरे । “माओवादी केन्द्रलाई बलियो बनाएर मात्रै देशमा विकास र समृद्धि प्राप्त हुन्छ”, प्रचण्डले भने । 

    उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी एक नम्बर पार्टी भएको उनले बताए । “पूर्वबाट रातो सूर्य उदाएको छ, हामीले यसको लागि प्रयत्न गरिरहेका छौँ, त्यसैको परिणामस्वरूप मधेस केन्द्रित जनतासँग माओवादी अभियान सुरु गरेका छौँ”, दाहालले भने । 

    अहिले गठबन्धनमा रहेका दलहरू उत्पीडितहरूले पाएको अधिकार खोस्ने धुनमा रहेका प्रचण्डले बताए । अहिलेका सत्तारुढ दलहरू यो संविधान मिचेर, संसद् विगठन गरेर नागरिकका अधिकार खोस्ने प्रयत्नमा रहेका दाहालले बताए । 

    संविधान संशोधनको नाममा पनि सोही षड्यन्त्र भएको उनको आरोप छ । 

    माओवादीको तागतमा नै अहिलेको व्यवस्था आएको दबी दाहालको छ । गणतन्त्र ल्याउन संयोजनको काम माओवादी केन्द्रले नै गरेको उनले बताए । 

    बुर्जुवाहरूका कुरा पत्याउँदा माओवादी पनि ठाउँ ठाउँमा फसेको उनले बताए । माओवादी पनि चिप्लिएको बताउँदै दाहालले अब माओवादी जनता केन्द्रित भएर जनताको मुद्दामा लाग्ने दाहालले प्रतिबद्धता व्यक्त गरे । 

    “जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन, सोचेको भन्दा बढी जनताले माया गरेकाले हामी उम्लियौँ”, उनले भने । 

    अहिलेको संविधान माओवादीकै कारण बनेको दाहालले बताए । एमाले अध्यक्ष केपी ओली त संघीय गणतान्त्रिक संविधान कै पक्षमा नरहेको उनले दाबी गरे । संविधान माओवादीको एजेण्डा भएकोले त्यसलाई स्वीकार्न बाध्य भएका उनले बताए । 

    माओवादीले गणतन्त्रको आँधीबेहरी ल्याएको कारण केपी ओली गणतन्त्र मान्न बाध्य भएको उनले बताए । “उहाँ गणतन्त्र मान्न तयार नै हुनुहुन्नथ्यो”, दाहालले भने । 

    कांग्रेस एमाले जस्ता पार्टी यो संविधानको संरक्षणको पक्षमा नरहेका दाहालले बताए । अहिलेको सरकार आफूले चलाएको भ्रष्टाचारविरुद्धको अभियान रोक्न बनेको दाहालले दाबी गरे । 

    देश दुर्घटनामा पर्न लागेको बताउँदै उनले आजको दिनमा माओवादी बाहेक कसैले देशको रक्षा गर्न नसक्ने बताए । त्यसैले आफूहरूलाई भरोसा गर्न दाहालले आग्रह गरे । 

    दाहालले पाथीभराको मुद्दा धार्मिक र सांस्कृतिक भावनाको मुद्दा भएकोले त्यसलाई छलफल र समझदारीबाट समाधान गर्नुपर्ने बताए । उनले सो घटनामा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरे । 

    पाथीभराको केबुलकारमा सरकारमा नेतृत्व गर्नेहरूको पनि लगानी भएकाले जनता मारेर भए पनि केबुलकार बनाउने सोचमा लागेको उनले बताए । यसमा सरकारले नसुने माओवादी आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार