images
images

जीवन बीमा कम्पनीहरुको नाफा २४.९२ प्रतिशतले बढ्यो, कुन कम्पनीले कति कमाए ?

जीवन बीमा कम्पनीहरुको नाफा २४.९२ प्रतिशतले बढ्यो, कुन कम्पनीले कति कमाए ?

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • images
    images
    जीवन बीमा कम्पनीहरुको नाफा २४.९२ प्रतिशतले बढ्यो, कुन कम्पनीले कति कमाए ?
    images
    images

    काठमाडौँ / गत आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्मा जीवन बिमा कम्पनीहरूले ४ अर्ब बढि खुद नाफा आर्जन गरेको छ । बीमा कम्पनीहरूले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्म सञ्चालनमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ४७ करोड ४६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

    images
    images

    यो नाफा अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा ४४.४१ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूको यस्तो नाफा ३ अर्ब ९ करोड ८४ लाख १ हजार रुपैयाँ थियो । सञ्चालनमा रहेका १४ वटा बिमा कम्पनीमा ५ वटा कम्पनीको नाफा घटेको छ भने बाँकी ९ वटा बिमा कम्पनी नाफामा गएका छन् ।

    नाफा बढ्ने कम्पनीमा हिमालयन लाइफ, सन् नेपाल, प्रभु महालक्ष्मी, रिलायबल नेपाल, आइएमई प्रुडेन्सियल, सानिमा रिलायन्स, सिटिजन लाईफ नेपाल लाइफ र एलआईसी नेपाल रहेका छन् । यस्तै, नाफा घट्नेमा सूर्य ज्योति लाइफ, मेट लाइफ, नेसनल लाइफ, एसियन लाइफ र राष्ट्रिय बिमा संस्थान छन् ।

    नेपाल लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै 

    नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्षमा सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा रहेको नेपाल लाइफले यस अवधिसम्म ६७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको हो। 

    राष्ट्रिय बिमा संस्थान सबैभन्दा धेरै घाटामा 

    राष्ट्रिय बिमा संस्थानले गत बर्ष सबैभन्दा धेरै नोक्सान व्यहोरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार राष्ट्रिय बिमा संस्थानको नाफा नाफा २.०७ प्रतिशतले घटेर ७ करोड २ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्ष कम्पनीको यस्तो नाफा ७ करोड १७ लाख ५९ हजार रुपैयाँ रहेको थियो । 

    घाटामा रहेका ५ बीमा कम्पनीहरू

    गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण अनुसार ५ बीमा कम्पनीहरूको नाफामा गिरावट आएको छ । बिमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार सूर्यज्योती लाइफ इन्स्योरेन्सको नाफा ३६.११ प्रतिशतले घटेर २९ करोड ४० लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्ष कम्पनीको नाफा ४६ करोड ३ लाख ८७ हजार रुपैयाँ रहेको थियो । 

    यस्तै, मेट लाइफको नाफा ३९.६५ प्रतिशतले घटेर ३५ करोड ९९ लाख ९३ हजार, नेशनल लाइइफको नाफा ५०.६८ प्रतिशतले घटेर ३६ करोड ४५ लाख ७४ हजार, एशियन लाइफको नाफा १७.६८ प्रतिशतले घटेर २४ करोड ६ हजार रुपैयाँ र राष्ट्रिय बिमा संस्थानको नाफा २.०७ प्रतिशतले घटेर ७ करोड २ लाख ६७ हजार पुगेको छ ।

    अन्य कुन जीवन बीमा कम्पनीको नाफा कति ?

    गत आर्थिक बर्ष नेपाल लाइफ इन्स्योरेन्स पछि सबैभन्दा धेरै नाफा कमाउनेको दोस्रो स्थानमा हिमालयन लाइफ रहेको छ। कम्पनीले यो अवधिसम्म ५८ करोड १३ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक बर्षको तुलनामा ४२.५१ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक बर्ष यस कम्पनीको यस्तो नाफा ४० करोड ७९ लाख ३१ हजार रुपैयाँ रहेको थियो । 

    यसका साथै, सन नेपाल लाइफको नाफा १६३.९९ प्रतिशतले बढर ५६ करोड ६५ लाख ३० हजार रुपैयाँ, रिलायबल नेपाल लाइफको नाफा ५७.२७ प्रतिशतले बढेर ४३ करोड २२ लाख ९९ हजार रुपैयाँ, आइएमई लाइफको नाफा ८७.१७ प्रतिशतले बढेर २४ करोड ८ लाख १३ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफको नाफा ३७.८८ प्रतिशतले बढेर २१ करोड ९३ लाख ८७ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशतले बढेर २० करोड ११ लाख २८ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको नाफा ४४.६६ प्रतिशतले बढेर १० करोड ५० लाख ८४ हजार पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार