images
images

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता, अब यामाहासँगै हेल्मेट्सको पनि आउटलेट

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता, अब यामाहासँगै हेल्मेट्सको पनि आउटलेट

आइतवार, फागुन ११ २०८१
आइतवार, फागुन ११ २०८१
  • images
    images
    यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता, अब यामाहासँगै हेल्मेट्सको पनि आउटलेट
    images
    images

    काठमाडौँ / हेल्मेट्स नेपालले यामाहा नेपालसँग व्यापारिक सहकार्य गर्ने भएको छ । बिगत ९ वर्षदेखि हेलमेटको मार्केटमा छुट्टै पहिचान बनाइरहेको हेल्मेट्स नेपालले व्यापारिक सहकार्यका लागि यमाहा नेपालसँग सम्झौता गरेको हो । 

    images
    images

    काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। 

    जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरू उपलब्ध रहने छन् । पहिलो चरणमा काठमाडौँका शोरुमहरू टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन् ।

    नक्शालस्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनहरूमा यो सुबिधाहरुलाइ थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताए । 

    यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिस्कृत रूपमा परिभाषित हुने विश्वास लिइएको छ । 

    ग्राहकहरूले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन । 

    यसअघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरूबाट सेवा प्रदान गर्नेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार