images
images

साउनमा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क २ अर्ब बढी, कुनको कति ?

साउनमा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क २ अर्ब बढी, कुनको कति ?

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • images
    images
    साउनमा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क २ अर्ब बढी, कुनको कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले २ अर्ब बढी प्रथम बीमा शुल्क आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधीकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूले साउनमा २ अर्ब २९ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । 

    नेपाल लाइफको सबैभन्दा बढी  

    साउनमा नेपाल लाइफ इन्स्यारेन्सले सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गरेको छ । १ महिनामा नेपाल लाइफले ५६ करोड ३१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । 

    राष्ट्रिय बीमा संस्थानको सबैभन्दा कम

    साउनमा राष्ट्रिय बीमा संस्थानले सबैभन्दा कम प्रथम बीमा शुल्क आर्जन गरेको छ । १ महिनामा राष्ट्रिय बीमा संस्थानले ४ करोड ३६ लाख हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । 

    अन्य कुन कम्पनीको कति ? 

    नेपाल लाइफ इन्स्यारेन्स पछि सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन नेश्नल लाइफ इन्स्योरेन्सले गरेको छ । समिक्षा अवधीमा नेशनल लाइफले २४ करोड ३६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो । 

    यस्तै, हिमालयन लाइफ इन्स्योरेन्ले २० करोड ६० लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्यारेन्सले १९ करोड ६१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १६ करोड ८१ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्यारेन्सले १४ करोड ८८ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्यारेन्सले १४ करोड ७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । 

    त्यसैगरी, सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले ११ करोड ३३ लाख रुपैयाँ, रिलायन्स लाइफ इन्स्यारेन्सले १० करोड ९६ लाख रुपैयाँ, एशियन लाइफ इन्स्यारेन्सले १० करोड ३५ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्यारेन्सले १० करोड रुपैयाँ, मेट लाइफ इन्स्यारेन्सले ९ करोड १४ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सले ६ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार