images
images

राष्ट्र बैङ्कले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने

राष्ट्र बैङ्कले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने

कूल निष्काशित रकममध्ये ८५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ विनाप्रतिस्पर्धा बिक्री गरिने बैङ्कले जनाएको छ ।

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    images
    राष्ट्र बैङ्कले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आइतबार १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्ने भएको छ । असोज १५ गते जारी गर्ने गरी बैङ्कले ८ वर्षे ‘विकास ऋणपत्र २०८८ ‘ग’ को बोलकबोल गर्ने भएको हो । 

    आइतबार दिउँसो ३ बजे बोलकबोल हुने उक्त ऋणपत्रमा इच्छुक खरिदकर्ता बैङ्क तथा वित्तीय संस्था, गैर-बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् ।  

    २०८० असोज १५ गते बिक्री हुने ऋणपत्र आगामी २०८८ असोज १५ गते परिपक्क हुनेछ । ऋणपत्रको ब्याज भने प्रत्येक ६/६ महिनामा भूक्तानी गरिने बैङ्कले जनाएको छ । कूल निष्काशित रकममध्ये ८५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ विनाप्रतिस्पर्धा बिक्री गरिने बैङ्कले जनाएको छ ।

    खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार