images
images

ग्लोबल आइएमई बैङ्कले नेपालमै पहिलो पटक २५ मिलियन डलर क्लाइमेट फन्डको ऋण लिँदै, स्वच्छ उर्जामा लगानी गर्ने

ग्लोबल आइएमई बैङ्कले नेपालमै पहिलो पटक २५ मिलियन डलर क्लाइमेट फन्डको ऋण लिँदै, स्वच्छ उर्जामा लगानी गर्ने

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • images
    images
    ग्लोबल आइएमई बैङ्कले नेपालमै पहिलो पटक २५ मिलियन डलर क्लाइमेट फन्डको ऋण लिँदै, स्वच्छ उर्जामा लगानी गर्ने
    images
    images

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुईपक्षबिच यससम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भएको हो ।  उक्त ऋणले बैङ्कको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैङ्कलाई उर्जा दक्षता प्रवद्र्धन गर्न तथा नविकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्नेछ । 

    images
    images

    जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पु-याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आइएमई बैङ्कलाई ऋण प्रदान गरेको हो । वातावरण संरक्षणमा यसको महत्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको छ । 

    बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रहरुमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैङ्कको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र उर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, उर्जा क्षेत्रमा प्रभावकारीता एवं दक्षता वृद्धि गर्न तथा नविकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सुविधा उपलब्ध गराउन यस क्लाइमेट फन्डले महत्वपूर्ण सहयोग पु-याउने दुवै पक्षले विश्वास लिएको छन् ।

    ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैङ्किङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार