images
images

सूर्य नेपालले ल्यायो नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी चोको फिल्स कुकिज

सूर्य नेपालले ल्यायो नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी चोको फिल्स कुकिज

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • images
    images
    सूर्य नेपालले ल्यायो नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी चोको फिल्स कुकिज
    images
    images

    काठमाडौँ / नेपालको निजी क्षेत्रको अग्रणी व्यावसायिक संस्था सूर्य नेपालले सनफिस्ट डार्क फेन्टासी चोको फिल्स कुकिज बजारमा ल्याएको छ । कम्पनीले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफुलाई बिस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज नेपालमै उत्पादन तथा बिक्री वितरण आरम्भ गरेको हो । सूर्य नेपालको यस कदमलाई नेपाली खाद्य उद्योगको क्षेत्रमा एक उल्लेखनीय कार्य मानिएको छ । 

    images
    images

    कम्पनीले सदैव देशको प्रतिष्ठालाई समेत ध्यानमा राख्दै, अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरू बजारमा ल्याइरहेको छ । सो क्रममा उच्चकोटीका सामग्रीहरूको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी चोको फिल्स चकलेटको मिठास र बटरको क्रिस्पसहितको अतुलनीय स्वादले कुकिज पारखीहरूको मन जित्ने विश्वास रहेको कम्पनीले जनाएको छ ।

    सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई अनुबन्ध गरिएको छ । बहुप्रतिष्ठित सनफिस्ट डार्क फेन्टासी अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरूमा उपलब्ध छ । अब उपभोक्ता वर्गले यसको उपभोग गर्दै खाजाको अनुभवमा नयाँपनका आभास गर्न सक्नुहुनेछ ।

    यसका दुईथरी प्याकहरू हाल बजारमा उपलब्ध रहेका छन् । जसमध्ये एउटा ७५ ग्रामको आकर्षक प्याकेट भित्र ६ वटा भिन्दा भिन्दै पाउच हुन्छन् र यसको मूल्य ९० रुपैयाँ रहेको छ । यसैगरी ३०० ग्रामको आकर्षक प्याकेट भित्र २४ वटा छुट्टाछुट्टै पाउच हुन्छन् र यसको मूल्य ३५० रुपैयाँ रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार