images
images

पेट्रोलको मूल्य ११ रुपैयाँ घट्यो, देशभर पेट्रोल डिजेल, मट्टितेल अब कुन ठाउँमा कति ?

पेट्रोलको मूल्य ११ रुपैयाँ घट्यो, देशभर पेट्रोल डिजेल, मट्टितेल अब कुन ठाउँमा कति ?

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • images
    images
    पेट्रोलको मूल्य ११ रुपैयाँ घट्यो, देशभर पेट्रोल डिजेल, मट्टितेल अब कुन ठाउँमा कति ?
    images
    images

    काठमाडौं / नेपाल आयल निगमले आज सोमबार १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । 

    images
    images

    आयल निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एघार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ५ रूपैयाँ घटाएको जानकारी दिएको छ।

    निगमले पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।

     पेट्रोलमा यो धेरै समय पछि यति धेरै रकम घटाएको हो । उपभोक्ता मँहगीको मार खेपिरहेको समय पेट्रोल तथा डिजेलको मूल्य घटाउँदा यससँग सम्बन्धित क्षेत्रमा कस्तो प्रभाव पर्दछ त्यो भने हेर्न बाँकी नै छ । अहिले दशैँको मुखमा चर्को भाडादर यातयात व्यवसायीले असुलेका छन् । यस्तै खाद्यन्न को मूल्य छोइनसक्नु छ । तेलको मूल्य घट्दा यी विषयहरुको मूल्य पनि घट्नुपर्ने हुन्छ । 

    भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको विज्ञप्तिमा उल्लेख छ । 

    निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि–२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गर्ने गरेको छ । 

    निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुने गर्दछ ।

    आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

     निगमले पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र आसपास पर्छन्।

    यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६५ रूपैयाँ ५० पैसा पर्नेछ। 

    त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६७ रूपैयाँ पर्नेछ।

    यस्तैगरी तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर पर्ने निगमाको विज्ञप्तिमा छ। त्यस्तै डिजेल र मट्टीतेल १६८ रूपैयाँ पर्नेछ।

    खाना पकाउने ग्यासको भाउ भने  यथावत छ।
    आयल निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशभरका ठाउँहरूलाई तीन वर्ग विभाजन गरेर मूल्य सूचि तोक्ने गरेको छ । 

    आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार