images
images

टुँडिखेलमा फूलपाती हर्ष बढाईं यस्तो देखियो

टुँडिखेलमा फूलपाती हर्ष बढाईं यस्तो देखियो

शनिवार, कार्तिक ४ २०८०
शनिवार, कार्तिक ४ २०८०
  • टुँडिखेलमा फूलपाती हर्ष बढाईं यस्तो देखियो
    images
    images

    काठमाडौँ / आज घरघरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याइएको छ । नेपाली सेनाद्वारा शनिबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेको   बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गरिएको थियो । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरिएको थियो । 

    3.jpg
    फूलपाती समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिएको थियो। सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो ।

    2.jpg

    आज गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टनसहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए । 

    1.jpg

    फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेश गरिएको हुन्छ ।

    5.jpg

    दसैं घरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाईं गर्ने चलन छ । सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरु सरिक हुने चलन छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार