images
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बिमा सचेतना कार्यक्रम सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बिमा सचेतना कार्यक्रम सम्पन्न

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • images
    images
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बिमा सचेतना कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कार्तिक २० गते खोटाङ्ग जिल्लाको दिक्तेल स्थित जिल्ला पशुसेवा कार्यालय रुपाकोट मजुवागडि न.पा. १ मा स्थानीय स्तरमा बिमाको पहँुच विस्तार गर्न तथा बिमाको औचित्य सम्बन्धमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको हो । 

    उक्त कार्यक्रममा यस कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम, दिक्तेल शाखा प्रमुख बाबुराम आचार्य, गाईघाट शाखा प्रमुख डि.बि. कटवाल लगायत जिल्लाका पशु प्राबिधिक, भेटनरी, स्थानीय जनप्रतिनिधि, कृषक तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । 

    कार्यक्रमले आगामी दिनहरुमा स्थानीय जनताहरूले बिमाको आवश्यकता र महत्त्वलाई महशुस गर्दै बिमामा सहभागी हुने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ । साथै कार्यक्रममा सहभागीहरूले बिमा सचेतना कार्यक्रम सञ्चालन गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार