images
images

भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँड हुँदै, कतिले पाउलान् शेयर ?

भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँड हुँदै, कतिले पाउलान् शेयर ?

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • images
    images
    भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँड हुँदै, कतिले पाउलान् शेयर ?
    images
    images

    काठमाडौँ / भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ भोलि मंगलबार मंसिर ५ गते बिहान बाँडफाँड हुने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । 

    images
    images

    कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

    अन्तिम दिनसम्म आइपीओमा ११ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार उक्त आइपीओमा ११ लाख ९४ हजार ८२० जनाले १ करोड ३५ लाख ७६ हजार १६० कित्तका लागि आवेदन दिएका हुन् ।

    माग भन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा २ लाख ७ हजार ५२८ जनाले १०/१० कित्ता दरले सेयर हात पार्नेछन् । सोहि मध्येका पाँच जनाले भने थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।

    आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार