images
images

सेयर बजार २७४३.७४ बिन्दुमा, व्यापारिक र जीवन बिमामा लगानीकर्ता झुम्मिए

सेयर बजार २७४३.७४ बिन्दुमा, व्यापारिक र जीवन बिमामा लगानीकर्ता झुम्मिए

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • images
    images
    सेयर बजार २७४३.७४ बिन्दुमा, व्यापारिक र जीवन बिमामा लगानीकर्ता झुम्मिए
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३.१४ अङ्कले बढेर २ हजार ७४३.७४ बिन्दुमा पुगेको छ । बुधबार सार्वजनिक बिदापछि बिहीबार खुलेको बजारमा जीवन बिमा र व्यापारिक समूहमा लगानीकर्ताको आकर्षण बढेको छ । 

    नेप्से सामान्य बढेको आजको दिन कारोबार रकमसमेत घटेको छ । मङ्गलबार १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ पुगेको कारोबार रकम आज ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ । 

    आज १५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८१ वटाको मात्रै बढेको छ । त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन ३०९ धितोपत्रको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८६ हजार २२३ पटकमा खरिद बिक्री भएको छ ।

    व्यापारिक र जीवन बिमा लगानीकर्ताको आकर्षण

    बिहीबार १३ ओटा समूहमध्ये ४ ओटा समूहको मात्रै परिसूचक बढेको छ । जसमा सबैभन्दा बढी व्यापारिक समूहको परिसूचक ३.७७ प्रतिशतले बढेको छ । यसैगरी, जीवन बिमाको परिसूचक २.४२ प्रतिशत, निर्जीबन बिमाको ०.६३ प्रतिशत र अन्य समूहको परिसूचक ०.५७ प्रतिशतले बृद्धि भएको छ ।  

    आज सर्वाधिक बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.८४ प्रतिशतले घटेको छ । यसैगरी, बैंकिङ् समूहको ०.५५ प्रतिशत, विकास बैंक ०.५२ प्रतिशत, हाइड्रोपावर समूहको ०.७५ प्रतिशतले घटेको छ । अन्य समूहको परिसूचक पनि सामान्य घटेको छ । 

    बिहीबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक बढी ९.९९ प्रतिशतले बढेको छ । यसैगरी वीन नेपाल लघुवित्तको सेयर मूल्य ९.६९ प्रतिशत र उपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.१४ प्रतिशतले सेयर मूल्य बृद्धि भएको छ । 

    आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ८.३५ प्रतिशतले घटेको छ । 

    बिहीबारको कारोबार रकममा नेपाल पुनर्विमा कम्पनीको हिस्सा सबैभन्दा बढी छ भने दोस्रो स्थानमा हिमालयन रिइन्स्योरेन्स छ । यी दुई कम्पनीको सेयर कारोबार रकम क्रमशः ६५ करोड ६६ लाख ७ हजार रुपैयाँ र ३८ करोड ३७ दलाख २७ हजार रुपैयाँ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार