images
images

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला : बुकिङका लागि केही स्टलमात्र बाँकी

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला : बुकिङका लागि केही स्टलमात्र बाँकी

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • images
    images
    नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला : बुकिङका लागि केही स्टलमात्र बाँकी
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाल इन्टरनेशनल ट्रेड फेयर (एनआइटिएफ) मंसिरको दोस्रो साता हुने भएको छ । महासङ्घको आयोजनामा हुने उक्त मेला मंसिर १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको हो । आयोजकका अनुसार मेलाको तयारी तीब्र रूपमा चलिरहेको र अब केही स्टल मात्र बुकिङका लागि बाँकी रहेका छन् । 

    images
    images

    यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र  सहभागिता हुने भएको छ । मेलामा नेपाली युवा उद्यमी मन्चद्वारा मेड इन नेपाल पेभेलियन तथा बस्तुगत सङ्घहरूको कमोडिटी प्याभिलियन रहनेछ । 

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा  व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासङ्घको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौँ संस्करण हो । 

    कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिने छ ।

    नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल शो हस्तकला उत्पादनहरू, लघु घरेलु तथा साना उद्योग रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तर्क्रिया गराउने लक्ष्य समेत रहेको छ । 

    मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् ।

    राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाईसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरूको अन्तरष्ट्रिय बजार प्रर्बद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवंं विश्वास महासंले लिएको छ । साथै मन्दिमा रहेका अर्थतन्त्रलाई चलायमान बनाउनसमेत नेपाल इन्टरनेशन ट्रेड फेयर सहयोगी हुने विश्वास महासङ्घको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार