images
images

बैंकहरूले डिवेन्चरको ५० प्रतिशत रकम असारसम्म स्रोतको रुपमा गणना गर्न सकिने

बैंकहरूले डिवेन्चरको ५० प्रतिशत रकम असारसम्म स्रोतको रुपमा गणना गर्न सकिने

शुक्रवार, मंसिर २२ २०८०
शुक्रवार, मंसिर २२ २०८०
  • images
    images
    बैंकहरूले डिवेन्चरको ५० प्रतिशत रकम असारसम्म स्रोतको रुपमा गणना गर्न सकिने
    images
    images

    काठमाडौँ / बैंक तथा वित्तीय संस्थाहरूले निष्काशन गरेको निक्षेप अर्थात् डिवेन्चर ५० प्रतिशत मात्रै गणना गर्न पाउने भएका छन् ।

    images
    images

    शुक्रबार मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असार सम्मका लागि स्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको हो ।

    यसअघि २०८० पुससम्मको लागि शतप्रतिशत स्रोतको रुपमा डिवेन्चरलाई गणना गर्न पाउने व्यवस्था रहेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै २०८० पुस मसान्त पश्चात् उक्त उक्त डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असार सम्मका लागि स्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाइने जनाएको छ ।

    ‘बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतकोरुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सोपश्चात्उक्त डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाइने छ,’ राष्ट्र बैंकले भनेको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूले झण्डै पौने २ खर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन् । राष्ट्र बैंकको सो व्यवस्थाले सीडी रेसियो टाइट भई तरलता अभाव हुन सक्ने देखिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार