images
images

लुम्बिनी विकास बैंकको बार्षिक साधारण सभा पुस २६ गते, लाभांशसहित यी प्रस्ताव पारित गरिने

लुम्बिनी विकास बैंकको बार्षिक साधारण सभा पुस २६ गते, लाभांशसहित यी प्रस्ताव पारित गरिने

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    लुम्बिनी विकास बैंकको बार्षिक साधारण सभा पुस २६ गते, लाभांशसहित यी प्रस्ताव पारित गरिने
    images
    images

    काठमाडौँ / लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा आयोजना गरेको छ । 

    images
    images

    बैंकले पुस २६ गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा १६ औं वार्षिक साधारण सभा आयोजना गरेको हो । सो सभा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ ।

    सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र करसहित ४ दशलमव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    त्यसैगरी, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार