images
images

पाँच महिनामा भित्रियो ९ अर्ब बराबरको ३६ सयभन्दा धेरै विद्युतीय गाडी, कुन क्षमताका कति ?

पाँच महिनामा भित्रियो ९ अर्ब बराबरको ३६ सयभन्दा धेरै विद्युतीय गाडी, कुन क्षमताका कति ?

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • images
    images
    पाँच महिनामा भित्रियो ९ अर्ब बराबरको ३६ सयभन्दा धेरै विद्युतीय गाडी, कुन क्षमताका कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ५ महिना मंसिरसम्म ९ अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन्।

    images
    images

    भन्सार विभागले आज आइतबार सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार ५ महिनामा ९ अर्ब रुपैयाँ बराबरको ३ हजार ६ सय ८६ वटा विद्युतीय गाडी आयात भएका हुन्। तथ्याङ्क अनुसार मंसिर महिनामा मात्र ८ सय ९९ युनिट ईभी आयात भएका छन्।

    विभागको तथ्याङ्क अनुसार विद्युतीय गाडीको आयात बढेसँगै सरकारले पाउने राजस्व पनि बढेको छ।५ महिनामा उक्त संख्यामा विद्युतीय गाडी भित्रिँदा सरकारले ४ अर्ब २८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।

    कुन क्षमताका कति गाडी आयात ?  

    ५ महिनामा सबैभन्दा धेरै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको गाडी बढी आयात भएको तथ्यांकले देखाएको छ। यस्ता गाडी २ हजार २८ वटा आयात भएका छन्।

    यस्तै ५० किलोवाटसम्म क्षमताका मोटर पावर भएका १ हजार ५ सय ९५ युनिट गाडी आयात भएका छन्। अन्य १०० किलोवाट क्षमताभन्दा माथिका जम्मा ६३ युनिट मात्र आयात भएका छन्। सरकारले करका दरमा केही हेरफेर गरे पनि ठूलो मोटर पावर भएका इभीहरु अपेक्षाअनुसार धेरै आयात हुन सकेका छैनन्।

    कुन देशबाट कति ?

    विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ५ महिनामा चीनबाट मात्र २ हजार २ सय ९७ युनिट इभी आयात भएका छन्। चीनबाट सबैभन्दा धेरै बीवाइडी, नेटा भी र केवाइसी भ्यान आयात भएका छन्।

    यस्तै, भारतबाट १ हजार ३ सय ३८ युनिट इभी आयात भएको तथ्याङ्क छ । भारतबाट सबैभन्दा धेरै टाटा र सिट्रोन इभी आयात भएका छन्।

    यसैगरी कोरियाबाट २८ युनिट, इन्डोनेसियाबाट १७ युनिट , जर्मनी र अमेरिकाबाट ३÷३ युनिटइभी आयात भएका छन्।

    साढे ३ हजार भन्दा बढि युनिटको इन्धन इन्जिन सवारी आयात ! 

    ५ महिनामा ३ हजार ७ सय ९७ युनिट इन्धन इन्जिन सवारी साधन आयात भएका छन्। यसमा ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ। यसबाट सरकारले ८ अर्ब ६२ करोड २९ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

    यसैगरि थ्री ह्‍वीलर्स इभी रिक्सा पाँच महिनाको अवधिमा ५७ करोड ९३ लाख बराबरको ५ हजार ६ सय १७ युनिट आयात भएका छन्। यसबाट सरकारले १९ करोड ९४ लाख भन्सार शुल्क संकलन गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार