images
images

भरतपुरमा ६ महिनामा १३ प्रतिशत पूँजीगत खर्च, ९ करोड थपेर ल्यायो पूरक बजेट

भरतपुरमा ६ महिनामा १३ प्रतिशत पूँजीगत खर्च, ९ करोड थपेर ल्यायो पूरक बजेट

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • images
    images
    भरतपुरमा ६ महिनामा १३ प्रतिशत पूँजीगत खर्च, ९ करोड थपेर ल्यायो पूरक बजेट
    images
    images

    काठमाडौँ / भरतपुर महानगरपालिकाले ९ करोड रुपैयाँ थपेर पूरक बजेट ल्याएको छ । महानगरको आइतबार सम्पन्न १४ औँ नगरसभामाले ९ करोड ३ लाख रुपैयाँ थपेर पूरक बजेट ल्याएको हो । 

    images
    images

    उपमेयर चित्रसेन अधिकारीले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकमा बजेट अपुग भएको कारण पूरक बजेट ल्याउनुपरेको जानकारी दिए । नयाँ शीर्षकमा खर्च गर्न आवश्यक भएको र विभिन्न खर्च शीर्षक तथा उपशीर्षकमा नयाँ कार्यक्रम थप गर्नुपरेकाले बजेट संशोधन गरिएको उपमेयर उनले बताए । 

    महानगरपालिकाको मर्मत सम्भार कोष खातामा मौज्दात रकम ५ करोड, शहरी गरीब सहयोग कोष तथा भरतपुर बीएम रुप खातामा रहेको ७० लाख, समयमा काम नगरेका कारण ठेकेदारको धरौटी जफतबाट प्राप्त ४२ लाख, महानगरपालिकाको गत वर्ष फ्रिज भएको रकमसमेत गरी ९ करोड ३ लाख रुपैयाँ थपेर पूरक बजेट ल्याएको मेयर रेनु दाहालले जानकारी दिइन् ।

    पूरक बजेटबाट विद्युत प्राधिकरणसँग स्मार्ट लाइट साझेदारी कार्यक्रममा २ करोड ६७ लाख, डीपीआर तथा पूँजीगत परामर्श एवं इआईएसमेतका लागि ३५ लाख, रोड मार्किङ तथा क्याट आई एवं शहरी सौन्दर्यीकरणमा ४० लाख, चोक सुधार कार्यक्रममा १५ लाख, मानव सेवा आश्रम पूर्वाधार निर्माणमा ३५ लाख रुपैयाँ थप हुनेछ । 

    दुध अनुदानका लागि ४५ लाख, कक्षा १ देखि ८ सम्मका दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि ३६ लाख, समपूरक साझेदारी २ करोड, मागमा आधारित विभिन्न योजनाहरुमा २ करोड रुपैयाँ थप गरिएको महानगरपालिकाले जनाएको छ ।

    महानगरमा आर्थिक वर्ष २०७९/८० मा खर्च नभएको १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ सञ्चित कोषमा रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा भुक्तानी दिन बाँकी एवं क्रमागत तथा अधुरो योजना सम्पन्न गर्न १ अर्ब २४ करोड ४४ लाख रुपैयाँ लाग्ने देखिएको छ । यसरी सञ्चित कोषमा वचत हुने २ करोड रुपैयाँ मौज्दात रहने देखिएको छ ।

    भरतपुर महानगरपालिकाले चालू आर्थिक बर्षको ६ महिनामा १३ प्रतिशत पूँजीगत खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजारमध्ये पुसको मध्यसम्म ७९ करोड १ लाख १९ हजार (३० प्रतिशत) खर्च भएको छ ।

    पुँजीगततर्फ विनियोजित ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमध्ये पुस मध्यसम्म ४६ करोड ७७ लाख ९१३ प्रतिशत० खर्च भएको छ । महानगरले यस वर्ष १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस १८ गतेसम्म ५३ करोड ३ लाख अर्थात् ३१ प्रतिशत संकलन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार