images
images

कर्णालीमा किसानलाई गोठालो भत्ता !

कर्णालीमा किसानलाई गोठालो भत्ता !

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • images
    images
    कर्णालीमा किसानलाई गोठालो भत्ता !
    images
    images

    काठमाडौँ / कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ देखि गोठालो भत्ता कार्यक्रम लागु गरेको छ । कृषि क्षेत्रमा आर्कषण बढाउन र कृषकको जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गोठालो भत्ता कार्यक्रम लागु गरेको हो । 

    images
    images

    कम्तीमा ५० भेडा तथा च्याङग्रा पाल्ने, लेकमा गोठ भएको लगायतको मापदण्डमा परेका किसानहरूलाई प्रति किसान मासिक एक हजार ५ सयका दरले भत्ता दिने व्यवस्था रहेको छ ।

    ५० वटा भेडा तथा च्याङग्रा बराबर एक हजार ५ सय र २०० भए ६ हजार रुपैयाँ भत्ता पाउने ब्यवस्था रहेको छ । यसरी भेडाको संख्या अनुसार भत्ता बढ्दै जाने प्रावधान रहेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार आ.व.२०७९/८० मा ४३७ भेडा तथा च्याङग्रा पाल्ने किसानलाई रु.३९ लाख ७ हजार वितरण गरिएको छ । जसमा सबैभन्दा बढी जुम्लामा २२५ जना, हुम्लामा १०९ जना, मुगुमा ५३ जना र डोल्पामा ५० जना किसानहरू भत्ताका लागि मापदण्डमा परेका थिए ।

    भेडा तथा च्याङग्रा पाल्ने कर्णालीका चार जिल्लाका किसानहरूलाई प्रोत्साहन स्वरूप प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार भत्ता दिन थालिएको हो । भत्ताले गोठालालाई आवश्यक पर्ने सामाग्री खरिद गर्न सहज भएको छ । वर्ष भरी गोठमा (पाटन) जाँदा आवश्यक सामाग्रीहरू किन्नका लागि गोठालालाई भत्ता प्रभावकारी हुने देखिएको प्रतिवेदनले देखाएको छ । 

    कर्णालीमा भेडा तथा च्याङग्राको सम्भावना हुँदाहुँदै पनि भेडा तथा च्याङग्रा पालन गर्ने किसानहरूको संख्या घट्दै गइरहेको बेला यो कार्यक्रमले भेडा तथा च्याङग्रा पालनतर्फ किसानहरु आकर्षित भई मासु तथा उन उत्पादनमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार