images
images

कुमारी बैंकको साढे ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने

कुमारी बैंकको साढे ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • images
    images
    कुमारी बैंकको साढे ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने
    images
    images

    काठमाडौँ / कुमारी बैंकको साढे ४५ हजार कित्ता शेयर आज माघ ५ गतेबाट बिक्रीमा राखिएको छ।

    बैंकले संस्थापक शेयरधनी नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४५ हजार ५२० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    इच्छुक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा दिन सकिनेछ।

    बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार