images
images

कामना सेवा विकास बैङ्क साइवर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

कामना सेवा विकास बैङ्क साइवर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • images
    images
    कामना सेवा विकास बैङ्क साइवर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न
    images
    images

    काठमाडौँ / कामना सेवा विकास बैङ्क लिमिटेडले साइबर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैङ्कले सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरूका लागि साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको हो । 

    images
    images

    नेपाल प्रहरी, साइबर व्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैङ्कका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरूलाई वर्तमान् अवस्थामा साइबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए । 

    उक्त प्रशिक्षण कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतिय ठगी, साइबर अपराध तथा अन्य साइबर सम्वन्धी जोखिमलाई न्यूनीकरण गर्न बैङ्कको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरूले साइबर जोखिमको वारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए । 

    उक्त प्रशिक्षणले बैङ्कका सञ्चालक समिति तथा उच्च व्यवस्थापनहरूको साईबर जोखिम सम्बन्धी ज्ञान अभिवृद्धि गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । 

    बैङ्कले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैङ्किङ सञ्जालमार्फत् आफ्नो अत्याधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार