images
images

सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा

सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • images
    images
    सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
    images
    images

    काठमाडौँ / नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलोपटक वैशाख ९ गतेबाट लागू हुने गरी भिडियोमार्फत केवाईसी लिने प्रक्रिया जारी गरेको छ।

    images
    images

    विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल (एजेन्ट पोर्टल)मार्फत प्राप्त हुन्छ। केवाईसीसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ।

    प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरण अभिकर्ता पोर्टलमार्फत पेस गरेपश्चात् ई–एप्लिकेसन डिक्लेरेसन फर्ममा आवश्यक विवरणहरु भरी स्क्यान गरी अनलाइनमार्फत रजिस्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ। प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसीसम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनुपर्नेछ।

    यस भिडियो केवाईसीको सुविधाले बीमा अभिकर्तालाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा कम्पनीले गरेको छ। यस सुविधाबारे विस्तृत जानकारी कम्पनीको वेबसाइटमा उपलब्ध छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार