images
images

कुमारी बैंकका ग्राहकहरूले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको सेवाहरूमा विशेष छुट पाउने

कुमारी बैंकका ग्राहकहरूले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको सेवाहरूमा विशेष छुट पाउने

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • images
    images
    कुमारी बैंकका ग्राहकहरूले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको सेवाहरूमा विशेष छुट पाउने
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेडका ग्राहकहरूले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको सेवाहरूमा छुट पाउने भएका छन् । बैंक र नयाँ बानेश्वर, काठमाडौँस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबिच  कुमारी बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

    सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर–काठमाडौँ र कौशलटार–भक्तपुरस्थित सेवा केन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार