images
images

एक बर्षमा प्रभु इन्स्योरेन्सले कमायो ४९ करोड ८ लाख नाफा, करिब पौने २ अर्बको व्यापार हुँदा अन्य सूचक कस्तो ?

एक बर्षमा प्रभु इन्स्योरेन्सले कमायो ४९ करोड ८ लाख नाफा, करिब पौने २ अर्बको व्यापार हुँदा अन्य सूचक कस्तो ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • images
    images
    एक बर्षमा प्रभु इन्स्योरेन्सले कमायो ४९ करोड ८ लाख नाफा, करिब पौने २ अर्बको व्यापार हुँदा अन्य सूचक कस्तो ?
    images
    images

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म प्रभु इन्स्योरेन्सले ४९ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीले ४९ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तुलनामा ११८.१३ प्रतिशतको बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षचौथो त्रैमाससम्ममा कम्पनीले २२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीले ६५ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १४.२९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ५७ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    २०८१ असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ७१ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ९.५८ प्रतिशतले बढेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ५६ करोड ८१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    यता, शेयर पुँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब २९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २५ करोड ६५ लाख रुपैयाँ र महाविपत्ति कोषमा १० करोड ८४ लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब ५ करोड ४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६ करोड ९७ लाख रुपैयाँ र महाविपत्ति कोषमा ८ करोड ३८ लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने १० करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ७ करोड ७२ लाख रुपैयाँ थियो।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३४.०५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस १५.६१ रुपैयाँ थियो। पीई रेसियो २४.२५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२२.१९ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार