काठमाडौँ / सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
यसअघि प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ सोमबार घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको भाउसमेत प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला एक हजार ८ सय ५० रुपैयाँ पर्ने चाँदीलाई आज एक हजार ८ सय ४० रुपैयाँ पर्ने भएको हो ।