images
images

नेशनल लाइफले गर्यो लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यबाट सम्मान

नेशनल लाइफले गर्यो लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यबाट सम्मान

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • नेशनल लाइफले गर्यो लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यबाट सम्मान
    images
    images

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मणिग्रामस्थित होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा लुम्बिनी प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ४ सय जना भन्दा बढी अभिकर्ताहरूलाई सम्मान गरेको छ । 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

    प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीद्वारा शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै  प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत  गरिएको थियो । 

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । 

    समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरिय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै आएको बताए । 

    उनले यो कार्यक्रम मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए । 

    News.JPG

    साथै, उनले अन्य प्रदेशहरूमा पनि निरन्तर कार्यक्रम गर्दै जाने कम्पनीको योजना रहेको जानकारी गराए । अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै झल्को दिने गरी स-साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुर्याउने उद्देश्यले सिइओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट २ हजार जना भन्दा बढी अभिकर्ताहरू यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको सिइओ खत्रीले बताए । 

    समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरूले प्रमुख कार्यकारी अधिकृत खत्रीबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरूको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार