images
images

नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम : लुम्बिनी प्रदेशबाट योग्य ५५ जना अभिकर्ताहरू सम्मानित

नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम : लुम्बिनी प्रदेशबाट योग्य ५५ जना अभिकर्ताहरू सम्मानित

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम : लुम्बिनी प्रदेशबाट योग्य ५५ जना अभिकर्ताहरू सम्मानित
    images
    images

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ । 

    मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

    लुम्बिनी प्रदेशबाट योग्य भएका करिब ५५ जना अभिकर्ताहरू, विभागिय प्रमुख, एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए साथै स्किममा व्यवस्था भए अनुरूप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । 

    प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा लुम्बिनी प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका हुन् । 

    समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएकोमा लुम्विनी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई बधाई ज्ञापन गरे । 

    कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत रूपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । 

    उक्त योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तक्र्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार