images
images

दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभ इन नेपाल’, प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने उद्देश्य

दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभ इन नेपाल’, प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने उद्देश्य

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • दिपलले ल्याउने भयो ‘सोनु निगम लाइभ इन नेपाल’, प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने उद्देश्य
    images
    images

    काठमाडौँ  / छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट इभि ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतिक्षित कन्सर्टमा मूख्य प्रायोजकका रूपमा हिस्सा लिने भएको छ । कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो आगामी पुस १० मा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मूख्य प्रायोजक बन्ने घोषणा गरेको हो । 

    नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन आज एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन् । 

    कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्र पनि थिए । कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विवेक सिकारियाले ‘सोनु निगम लाइभ इन’ नेपालको मूख्य प्रायोजकका रूपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । 

    उनले प्रिमियम र अविस्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेजेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए । 

    त्यसैगरी, नेपाली टच इभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरसिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए । 

    बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपुर मजा दिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट एक्स्क्लुसिभली इसेवामा उपलब्ध हुनेछ ।

    नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण इभि बजारमा नयाँ मापदण्ड स्थापित गरेको दिपल हालसम्म ६५० भन्दा दिपल बिक्री भइसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार