images
images

‘गणतन्त्र सेनानी सम्मान' बाट पूर्वप्रधानमन्त्री प्रचण्डलगायत कोको सम्मानित हुँदैछन् ?

‘गणतन्त्र सेनानी सम्मान' बाट पूर्वप्रधानमन्त्री प्रचण्डलगायत कोको सम्मानित हुँदैछन् ?

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • ‘गणतन्त्र सेनानी सम्मान' बाट पूर्वप्रधानमन्त्री प्रचण्डलगायत कोको सम्मानित हुँदैछन् ?
    images
    images

    काठमाडौं/  गणतन्त्र सेनानी कोषले ‘गणतन्त्र सेनानी सम्मान’ गर्दैछ । 
    कोषले इतिहासदेखि गणतन्त्र प्राप्तिका लागि शसस्त्र संघर्षको अग्रमोर्चामा सहभागी भएर योगदान दिने योद्धाहरुलाई सम्मान गर्न लागेको हो । 

    यहि मंसिर १९ गते मध्यान्ह १२.१० बजे (यसअघि २०८१ मंसिर ९ गते राखिएको यही सम्मान कार्यक्रम विशेष कारणले स्थगित भएको स्थगित गर्नु परेको कोषका अध्यक्ष सरल सहयात्रीले बताएका छन् । 

    कार्यक्रम राष्ट्रिय नाँचघर जमलमा राखिएको थियो । 

    विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा गणतन्त्रको सपना २००७ साल र त्यसअघि र पछि भएका सानाठुला शसस्त्र प्रयासहरुमा स्पष्ट झल्किएता पनि ती सबै शहीद एवं योद्धाहरुको संघीय गणतन्त्र नेपालको  सपनालाइ शाकार पार्ने कार्य २०५२ साल फागुन १ गते शुरु भएको शसस्त्र जनयुद्ध, त्यस आधारमा श्रृजना भएको ६२÷६३ को जनआन्दोलन र मधेश आन्दोलनले गरेको हो । 

    यसपटक गणतन्त्र सेनानी सम्मानको उद्घाटन स्वरुप कोषले गणतन्त्र नायकका रुपमा जनयुद्धका सर्बोच्च कमाण्डर तथा गणतन्त्रका प्रथम प्रधानमन्त्री प्रचण्डलाई सम्मान गर्न गइरहेको छ । 

    त्यसैगरी जनमुक्ति सेनाका डेपुटी कमाण्डर एवं पूर्व सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, डेपुटी कमाण्डरहरु मा.पूर्व अर्थ एवं उर्जा मन्त्री कमरेड बर्षमान पुन अनन्त, पूर्वअर्थ, गृह एवं उर्जा मन्त्री कमरेड जनार्दन शर्मा प्रभाकर र पूर्वकृषि मन्त्री चन्द्रप्रकाश खनाल बलदेवलाई गणतन्त्र कमाण्डरको रुपमा सम्मान गर्ने भनिएको छ । 

    त्यसैगरी यसपटक तोकिएको मापदण्डभित्र परेका बागमती प्रदेशको १३ वटा जिल्लाबाट एक–एकजना र सांस्कृतिक योद्धाबाट समेत गरी १५ जनालाई गणतन्त्र सेनानी सम्मान गर्न गइरहेको कोषले जनाएको छ । 
    सम्मान ताम्रापत्र, दोसल्ला र योद्धाहरुको प्रतिक स्वरुप निर्मित पदकबाट गरिने भनिएको छ । 

    कोषले यसपछिका सम्मान कार्यक्रमहरुलाई व्यवस्थित गर्दै देशव्यापी गणतन्त्र योद्धाहरुको खोजी, सम्मान एवं उनीहरुको योगदानलाई लिपिवद्ध गर्दै जाने प्रकृयालाइ समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार