काठमाडौँ / मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर १ लाख ५० हजार ३ सय रुपैयाँ पुगेको हो ।
सोमबार सुनको भाउ तोलामा १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको १ हजार ८ सय १५ रुपैयाँ थियो ।