images
images

क्याप्टेन केसीको नाममा नेपाल एयरलाइन्सले निकाल्यो सूचना, तलब भत्ता, भ्रमण भत्ता ब्याजसहित फिर्ता गर्नुपर्ने

क्याप्टेन केसीको नाममा नेपाल एयरलाइन्सले निकाल्यो सूचना, तलब भत्ता, भ्रमण भत्ता ब्याजसहित फिर्ता गर्नुपर्ने

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • images
    images
    क्याप्टेन केसीको नाममा नेपाल एयरलाइन्सले निकाल्यो सूचना, तलब भत्ता, भ्रमण भत्ता ब्याजसहित फिर्ता गर्नुपर्ने
    images
    images

    काठमाडौँ / नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना प्रकाशित गरेको छ ।  सम्झौता पालना नगरेकाले बक्यौता असुल्ने निर्णय गर्दै निगमले उक्त सूचना प्रकाशित गरेको हो । 

    images
    images

    निगमले सम्झौताअनुसार काम नगरेको भन्दै तलब भत्ता, भ्रमण भत्तालगायत शीर्षकमा बुझेको रकम ब्याजसहित फिर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ । 

    केसीले निगमकै खर्चमा तालिम लिएको, विभिन्न मुलुक भ्रमण गरेको, यसबापत भत्ता बुझेको, उक्त अवधिको तलब पनि बुझेको तर तालिमपछि काममा नफर्किएको निगमले जनाएको छ । 

    यसबारे पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको निगमको भनाई छ । 

    notiuce.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार