images
images

नेपाल बैंकको गोलबजार शाखाले आफ्नै भवनबाट बैंकिङ कारोबार गर्ने

नेपाल बैंकको गोलबजार शाखाले आफ्नै भवनबाट बैंकिङ कारोबार गर्ने

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • images
    images
    नेपाल बैंकको गोलबजार शाखाले आफ्नै भवनबाट बैंकिङ कारोबार गर्ने
    images
    images

    नेपाल बैंक लिमिटेडले आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ्ग कारोबार गर्नेगरी गोलबजार शाखाको समुद्घाटन गरेका छन् ।

    बैंकले सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको भवनबाट बैंकिङ्ग कारोबार गर्ने भएको हो । 

    गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्त रूपमा गोलबजार शाखाको उद्घाटन गरेका हुन् । 

    नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरूप निर्माण भएको यस भवनबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।

    हाल बैंकले २२९ शाखा, ५९ एक्सटेन्सन काउण्टर र २०४ एटिएम काउण्टरमार्फत सेवा दिँदै आएको छ । आगामी दिनमा ग्राहकहरूलाई सरल, सहज एवम् उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्न यस बैंक कटिबद्ध रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार