images
images

कुमारी बैंक र इजी डेन्टलबिच सम्झौता, ग्राहकहरूले आकर्षक छुट पाउने

कुमारी बैंक र इजी डेन्टलबिच सम्झौता, ग्राहकहरूले आकर्षक छुट पाउने

मंगलवार, पुस १६ २०८१
मंगलवार, पुस १६ २०८१
  • कुमारी बैंक र इजी डेन्टलबिच सम्झौता, ग्राहकहरूले आकर्षक छुट पाउने
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र इजी डेन्टलबिच छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरूलाई इजी डेन्टमा विशेष छुट उपलब्ध गराउने गरी सो सम्झौता भएको हो । 

    सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरूले इजी डेन्टलमा ओपीडी दर्ता शुल्क, डाक्टर परामर्श शुल्क र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । साथै, अन्य सेवा शुल्कहरूमा १५ प्रतिशत छुट पनि उपलब्ध हुनेछ ।

    सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका बौद्ध शाखाका म्यानेजर अनुपमा श्रेष्ठ र इजी डेन्टलका निर्देशक अजय कुमार रेग्मीले हस्ताक्षर गरेका छन् । 

    कुमारी बैंकले यस सुविधाबाट आफ्ना ग्राहकलाई उच्चतम गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउन विश्वास व्यक्त गरेको छ भने इजी डेन्टलले पनि कुमारी बैंकका ग्राहकलाई सहुलियत दरमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

    इजी डेन्टल, काठमाडौँ महानगरपालिका वडा नम्बर ६, चाबहिल स्थित महांकाल खानेपानी संस्थान अगाडि अवस्थित छ । यहाँ बिरामीहरूको लागि आधुनिक उपचार कक्षहरू, नवीनतम उपचार प्रविधि, गुणस्तरीय स्टेरिलाइजेसन प्रोटोकलहरू, आरामदायक प्रतीक्षा क्षेत्रहरू, र लिफ्ट तथा पार्किङ सुविधाको व्यवस्था गरिएको छ । 

    इजी डेन्टलले ३० वर्षको अनुभवसहित उच्चतम स्तरका दन्त उपचार सेवा प्रदान गर्दै आएको छ ।

    कुमारी बैंक लिमिटेडले विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको छ । यसले देशभरका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५७ शाखा रहित बैंकिङ इकाईहरूमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार