काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले लाभांश नपाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्नेभएपछि शेयरधनीहरूको हात खाली हुने भएको हो ।
शुक्रबार बसेको बैठकले आव २०८०/८१ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु व्यवस्था गरे पश्चात् संस्थाको वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लैजाने उद्देश्यले हालको लागि संस्थाको सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष अनुमतिका लागि पेश गर्ने निर्णय गरेको हो।