images
images

बिवाईडी हाई-टेक वीक-२०८१ काठमाडौँमा सुरु, कुन कुन मोडलहरू छन् प्रदर्शनीमा ?

बिवाईडी हाई-टेक वीक-२०८१ काठमाडौँमा सुरु, कुन कुन मोडलहरू छन् प्रदर्शनीमा ?

बुधवार, फागुन १४ २०८१
बुधवार, फागुन १४ २०८१
  • images
    images
    बिवाईडी हाई-टेक वीक-२०८१ काठमाडौँमा सुरु, कुन कुन मोडलहरू छन् प्रदर्शनीमा ?
    images
    images

    काठमाडौँ / नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाईडी हाई–टेक वीक २०८१ को आयोजना गरेको छ ।

    images
    images

    पहिलोपटक आयोजना भएको यो विशेष कार्यक्रमले विद्युतीय सवारी (ईभी) र अत्याधुनिक प्रविधिहरूलाई अनुभव गर्ने तरिका नै परिवर्तन गरिरहेको छ ।

    कार्यक्रम १४ फागुनदेखि १८ फागुनसम्म काठमाडौँको एभरेस्ट होटलमा भइरहेको छ । यस कार्यक्रमले आगन्तुकहरूलाई नयाँ ऊर्जा सवारी र दिगो प्रविधिहरू नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ ।

    बिवाईडी हाई-टेक वीक २०२५ केवल प्रदर्शनी मात्र नभई, ईभी प्रविधि, एआई एकीकरण र नयाँ ऊर्जा समाधानहरूको महत्त्वपूर्ण मञ्चको रूपमा प्रस्तुत गरिएको छ । यस कार्यक्रमले उद्योग व्यवसायी, ईभी बिक्रेता, प्रविधि प्रेमी र सर्वसाधारणलाई समेटेको छ ।

    कार्यक्रममा सहभागीहरूले बिवाईडीको को ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ–प्लेटफम ३.०, डुअल मोड अफ-रोड, उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् ।

    साथै, नेक्स्ट–जेन सवारी प्रदर्शन, बिवाईडीका नवीनतम् र आउँदै गरेका ईभी मोडेलहरूको अवलोकन गर्न र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पनि पाउनेछन् ।
    स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक–समय प्रविधि प्रदर्शनका लागि डेमोन्स्ट्रेसन पनि हुनेछ ।

    यसका अलावा, ईभी प्रविधि र नयाँ ऊर्जा सवारीको भविष्यबारे उद्योगका अग्रणी विज्ञ, इन्जिनियर र दिगोपन अभियानकर्ताहरूबाट विशेषज्ञ प्रवचन र प्यानल छलफल हुने बताइएको छ ।

    कार्यक्रममा नयाँ उत्पादनहरूको अनावरण पनि हुनेछ । यस क्रममा, नयाँ बिवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर प्रदान गरिनेछ ।

    साइमेक्स इंक प्रालिका अध्यक्ष यमुना श्रेष्ठले यो आयोजनाले नेपालमा ईभी प्रविधिको भविष्यलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेकी छन् । उनले कार्यक्रममा भनिन्, “वायु प्रदूषणका कारण हिमालमा हिउँ पग्लिदै गएको समयमा ईभीलाई प्राथमिकता दिन जरुरी छ । यस कार्यक्रममा सहभागिता जनाएर हामी नयाँ ऊर्जा सवारीको महत्त्व र दिगो भविष्यका लागि पहल गर्न सक्छौँ ।”

    नेपालमा विद्युतीय सवारीको भविष्यको आधारशिला बिवाईडी हाई–टेक वीक २०२५ ले हरित ऊर्जा यात्रालाई गति दिने र ईभी प्रविधिमा नवीनता ल्याउने उद्देश्य राखेको छ । प्रदर्शनीमा बिवाईडी सार्क, बाओ फाइभ, डेन्जा, याङवाङ यु८ र जेड नाइ जिटी मोडेलहरू राखिएका छन् । यीमध्ये डेन्जा नेपालमै राखिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार