images
images

नेप्से र कारोबारमा उच्च अङ्कको बृद्धि, सबै सेक्टर बढ्दा पनि दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

नेप्से र कारोबारमा उच्च अङ्कको बृद्धि, सबै सेक्टर बढ्दा पनि दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

सोमवार, पुस २२ २०८१
सोमवार, पुस २२ २०८१
  • नेप्से र कारोबारमा उच्च अङ्कको बृद्धि, सबै सेक्टर बढ्दा पनि दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
    images
    images

    काठमाडौँ / सोमबार सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ । गत बुधबारदेखि सामान्य रूपमा बढ्न थालेको नेप्से आज अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अङ्क बढेसँगै २६४०.६८ बिन्दुमा पुगेको छ ।

    परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको भयो । सोमबार २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । 

    यो दिन ३१२ धितोपत्रको १ करोड ५४ लाख ६१ लाख २६४ कित्ता सेयर ७५ हजार ५४० पटकमा कारोबार भएको छ । नेप्सेसँगै आज पुँजीकरण रकमसमेत बढेर ४३ खर्ब ६२ अर्ब ७२ करोड कायम भएको छ । सोमबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

    त्यस्तै, सुपरमादी हाइड्रोको ९.७ प्रतिशत, साहस ऊर्जाको ८.७१ प्रतिशत, मायाखोला हाइड्रोपावरको ८.५९ प्रतिशत,  सप्तकोशी विकास बैंकको ८.२५ प्रतिशत र खानीखोला हाइड्रोको ८.१६ प्रतिशतले बढेको छ । यता, उपकार लघुवित्त र सामुदायिक लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । 

    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रहेको छ । यो कम्पनीको २९ करोड ९ लाख ९२ हजार रुपैयाँको सेयर कारोबार हुँदा साहस ऊर्जाको १३ करोड ६५ लाख ४७ हजारको सेयर कारोबारर भएको छ । 

    सोमबार कारोबारमा आएका सबै सेक्टरका सूचकमा हरियाली छाएको छ । जसमध्ये हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.५५ प्रतिशतले बढेको छ । 

    बैंकिङ १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, अन्य १.७६ निर्जीवन बीमा १.०४, माइक्रोफाइनान्स ०.७५, र व्यापार ०.४६ प्रतिशतले बढेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार