images
images

समृद्धि फाइनान्सद्वारा कसहाशाखा कार्यालय आसपासका विपन्न परिवारलाई न्यानो कपडा वितरण

समृद्धि फाइनान्सद्वारा कसहाशाखा कार्यालय आसपासका विपन्न परिवारलाई न्यानो कपडा वितरण

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • समृद्धि फाइनान्सद्वारा कसहाशाखा कार्यालय आसपासका विपन्न परिवारलाई न्यानो कपडा वितरण
    images
    images

    समृद्धि फाइनान्सले बिहीबार कसहाशाखाबाट न्यानो कपडा वितरण गरेको छ । कम्पनीको कसहाशाखा अन्तर्गत शाखा कार्यालय आसपासको धनगढीमाइ न.पा.–६, ७ र ८ का अति विपन्न, असहाय जेष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण गरेको हो । 

    कार्यक्रममा धनगढीमाइ न।पा। वार्ड नम्बर ६ का अध्यक्ष भगलु महतो, वार्ड नम्बर ७ का अध्यक्ष बिजय कुमार महतो, वार्ड नम्बर ८ का अध्यक्ष रामभरोश महतो, पद्मोदय फाउन्डेसनका सचिव राजकुमार महतो, नेपाल रेडक्रस सोसाइटी शाखा धनगढीका अध्यक्ष गङाराम यादव साथै वार्ड सदस्यहरूको उपस्थिति रहेको थियो । 

    साथै यस्ता कार्यक्रमले स्थानीय न्यून आय भएका जनतालाई यस कठ्याग्रीयको जाडोमा ठुलो राहत पुगेकोले फाइनान्सलाई धन्यवाद व्यक्त गरिएको छ।

    कसहाका शाखा प्रबन्धक प्रदीप महतोले कार्यक्रममार्फत २५ जना अति विपन्न र असहाय जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

    पाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यू।आर कोड जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार