images
images

भक्तपुर चेम्बर अफ कमर्सको सातौ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर चेम्बर अफ कमर्सको सातौ वार्षिक साधारण सभा सम्पन्न

आइतवार, पुस २८ २०८१
आइतवार, पुस २८ २०८१
  • भक्तपुर चेम्बर अफ कमर्सको सातौ वार्षिक साधारण सभा सम्पन्न
    images
    images

    भक्तपुर चेम्बर अफ कमर्सको ७ औं वार्षिक साधारण सभा तलेजु ब्याक्वेट, भक्तपुरमा सम्पन्न भएको छ । 

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको थियो । 

    आर्थिक समृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिए ।  उनले निजी क्षेत्र सहितको सहभागितामा सरकारले उच्चस्तरीय आर्थिक आयोग गठन गरिनु प्रशंसनिय कार्य भएको चर्चा गरे । तर, उधारो असुली ऐन कार्यान्वनको शिघ्र प्रतिक्षा रहेको बताए । 

    उक्त अवसरमा समारोका विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले भक्तपुरको मौलिक हस्तकलाका उत्पादनहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नमा चेम्बरले विशेष भूमिका खेल्नु पर्नेमा जोड दिए । सार्वजनिक निजी साझेदारीको माध्यमबाट निर्यातमा बल पुग्ने खालका उद्योगहरु स्थापना गर्नु पर्ने उनले बताए । 

    यसैगरी कार्यक्रमका अर्का विशेष अतिथि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले मुलुकको विषम परिस्थितिहरुमासमेत उद्यमी व्यवसायीलाई हतोत्साही हुन नदिई व्यवसायमा टिकाईराख्न व्यवसायिक संघसंस्थाहरुले खेल्दै आएको भूमिका प्रशंसनिय रहेको बताए ।  उनले आर्थिक क्षेत्रका कुनै पनि समस्याहरु आपसी सम्वाद र सहकार्यबाट समाधान गर्न सकिने पनि बताए । 

    समारोहमा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योले नेपाल भरिका जिल्ला नगर चेम्बरहरुमा भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट गतिविधिहरु सञ्चालन गर्दै आएको बताए । 

     उनलाई नेपाल जग्गा तथा आवास विकास महासंघमा महासचिव पदमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन समेत गरियो । 

    संस्थाका अध्यक्ष कविदास श्रेष्ठको सभापतित्वमा भएको उक्त साधारण सभामा संस्थाका उपाध्यक्ष जगत बहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । 
    बन्द सत्रमा संस्थाका महासचिव ज्ञानेन्द्र मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष सुरेन्द्र जाकिबन्जारले आर्थिक ्रतिवेदन प्रस्तुत  गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार