काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार शुक्रबार पनि अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४० रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १४ पैसा र बिक्रीदर ४ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा र बिक्री दर ३१ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८ रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रुपैयाँ ४९ पैसा र ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।