आज विक्रम संवत २०८१ साल माघ २६ गते, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी ८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि-एकादशी, ३६ घडी १६ पला, बेलुकी ९ बजेर १९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र-मृगशिरा, ३१ घडी ३१ पला, बेलुकी ७ बजेर २५ मिनेट उप्रान्त आद्र्रा । वैधृती योग, २२ घडी २ पला, दिउँसो ३ बजेर २७ मिनेट उप्रान्त विष्कुम्भ । वणिज करण, बिहान १० बजेर ४ मिनेट उप्रान्त भद्रा, बेलुकी ९ बजेर १९ मिनेट उप्रान्त बव । आनन्दादिमा-वज्र योग । चन्द्रराशि-बृष, बिहान ७ बजेर ५१ मिनेट उप्रान्त मिथुन । कुन राशि हुनेको समय कस्तो चल्दैछ आज ? हेर्नुस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पुरानो विवाद सुल्झिनेछ। कारोबार विस्तारका योजनाहरू बन्नेछन्। लगनशीलताले लक्ष्य प्राप्त हुनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा पनि सामान्य फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यक्षेत्रमा भावुकतामा आएर निर्णय गर्दा पछुताउनुपर्ला । महत्तवपूर्ण योजनाहरू गोप्य राख्नुहोस् । मिहिनेतले मानसम्मान दिलाउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मान सम्मान बढ्ने योग छ। निजी कार्यको लागि दौडधुप धेरै रहनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रियजनहरूबाट उपहार प्राप्त हुनेछ । व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आज गरेको यात्रा सफल रहनेछ। खर्च बढ्दा आर्थिक सङ्कटको अवस्था आउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निर्णय गर्नुअघि अनुभवीको सल्लाह लिनुहोला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो फाइदा हुने काममा जग बसाउने अवसर छ । सरसापट तथा कर्जामार्फत आवश्यक खर्च जुटाउन सकिनेछ । आजको लाभांश सञ्चित गर्न सकिदैन । व्यवसायमा लगानी बढाउने समय छ। सरसापटमा धन बाहिरिने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। सहकर्मीहरूले साथ दिनेछन्। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। काम अड्किए पनि लाभांश प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोगले महत्त्वाकांक्षी काम बन्न सक्छ। पेसा–व्यवसायबाट लाभ उठाउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारी व्यापारमा नयाँ योजनाहरू प्रारम्भ हुनेछन्। तपाईँले गरेका कामको धेरैले प्रशंसा गर्नेछन्। शुभचिन्तकहरूले साथ प्राप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले महत्त्वपूर्ण जिम्मेवारी दिलाउनेछ । भाग्यले विभिन्न अवसर प्राप्त हुने योग छ । विशेष अवसर प्राप्त हुँदा खुशी मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि वा पशुपालनबाट मनग्य लाभ गर्न सकिनेछ। कार्यक्षेत्रमा शत्रुहरू हावी हुनेछन्। नोकरी वा पेशामा योग्यताको मूल्याङ्कन हुनेछ। आज चुनौतीभित्र अवसर खोज्ने समय छ। मिहिनेतले चुनौतीको बावजुद पनि महत्त्वपूर्ण काम बन्नेछन्। आयस्रोत कमजोर देखिए पनि नियमित कामबाट मनग्य लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यक्षेत्रमा अरुको आलोचना नगर्नुहोस् । उद्योग व्यापारमा कानुन विपरीत कार्य नगर्नुहोला। घरको साज सजावटमा धन खर्च हुनेछ।
कामको चापबाट फुर्सद पाइनेछ। व्यापार व्यवसायमा आम्दानी बृद्धि हुनेछ । परिवार र शुभचिन्तकहरूबाट सहयोग र उपहार प्राप्त हुने योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा नयाँ पद प्रतिष्ठा मिल्न सक्ला। व्यापार व्यवसायमा जोखिम लिनदेखि बच्नुहोस्।मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
महत्त्वपूर्ण कार्यहरूलाई प्राथमिकता दिनुहोस्। वादविवादबाट टाढा रहनुहोस्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ लिन सकिनेछ । विगतमा गरेका कामको उचित प्रतिफल प्राप्त हुने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्यक्षेत्रमा स्वरुचिको काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। अरुको विश्वास गर्दा महत्त्वपूर्ण काम रोकिन सक्छ । गोपनीयता बाहिरिनाले समस्यामा परिएला । विशेष उपलब्धिका लागि प्रतीक्षा गर्नुपर्ला। पुरानो सम्झौता नवीकरण नगर्दा फाइदा गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा पछि परिनेछ।