काठमाडौँ / बैंकिङ सेवा देशका सबै स्थानीय तहमा पुगेको छ । बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएसँगै देशको सबै शाखामा बैंकिङ सुविधा पुगेको हो ।
संघीय संरचना निमार्ण भएको ८ वर्षपछि गत असोजमा ७५३औं स्थानीय तहमा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएको थियो ।
भौगोलिक रूपमा विकट साइपाल गाउँपालिकामा संघीय संरचना निमार्ण भएको ८ वर्षपछि एभरेष्ट बैंकले सेवा दिनेछ । बैंकले गत असोजमै शाखा सञ्चालनमा ल्याएको थियो । यद्यपि, उक्त शाखाको उद्घाटन भने आज गरिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली हेलिकप्टरमार्फत उक्त शाखा उद्घाटन गर्न पुगेका छन् ।