images
images

बर्जर जेन्सन एण्ड निकोल्सनले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र

बर्जर जेन्सन एण्ड निकोल्सनले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • images
    images
    बर्जर जेन्सन एण्ड निकोल्सनले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र
    images
    images

    काठमाडौँ / नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी कम्पनी बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । 

    कम्पनीले गुणस्तर व्यवस्थापनको लागि आइएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापनको लागि आइएसओ १४००१ः२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आइएसओ ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरेको हो।

    TÜV NORD CERT GmbHद्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गर्दछन् । 

    यी प्रमाणपत्रहरूले देकोरेतिभ पेन्टहरू, वातर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गर्दछन् ।

    बर्जर नेपालका कन्ट्री मेनेजरले भने, “हाम्रो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने यो उपलब्धिमा गर्व गर्दछौँ । यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित गर्दछन्।”

    यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुनः पुष्टि गर्न सफल भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार