काठमाडौँ / स्थानीय बजारमा आज शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार भने सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँ थियो । यता, चाँदी तोलामा ५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि तोलामा १ हजार ९९५ रुपैयाँ पुगेको चाँदीलाई आज १ हजार ९९० रुपैयाँ पर्नेछ ।