images
images

लयमा फर्कियो सेयर बजार : नेप्से २७२७ बिन्दु नाघ्दा १० अर्बको कारोबार, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

लयमा फर्कियो सेयर बजार : नेप्से २७२७ बिन्दु नाघ्दा १० अर्बको कारोबार, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सोमवार, फागुन ५ २०८१
सोमवार, फागुन ५ २०८१
  • images
    images
    लयमा फर्कियो सेयर बजार : नेप्से २७२७ बिन्दु नाघ्दा १० अर्बको कारोबार, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
    images
    images

    काठमाडौँ  साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर  बजार उच्च अङ्कले उकालो लागेको छ । आइतबारको लयलाई पछ्याउदै बढेको बजार आज २७२७.९१ बिन्दुमा पुगेको छ । 

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अङ्कले बढेर २६९८.०३ बिन्दुमा पुगेकोमा आज भने २९.८७ अङ्क अर्थात १.१० प्रतिशतले बढेको हो ।

    नेप्सेसँगै आज सेयर कारोबार रकमसमेत बढेको छ । आइबार ९ अर्ब ४७ करोड ३ लाख ८२ हजार रुपैयाँको कारोबार भएको बजारमा आज १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

    आज १६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको घटेको छ । मूल्य स्थिर हुने कम्पनीको सङ्ख्या भने ४ वटा नै रहेको छ । 

    यो दिन ३०२ धितोपत्रको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर १ लाख २ हजार ८६१ पटकमा खरिद बिक्री भएको छ ।

    चार ओटा सेक्टरमा बढ्यो आकर्षण 

    सोमबार सेयर बजारका १३ वटा सेक्टरमध्ये १० ओटा सेक्टरको परिसूचक बढ्दा तीन वटाको घटेको छ । आइतबार उच्च अङ्कले बढेको वित्त सेक्टरमा सोमबार भने करेक्सन आएको छ । 

    आज सबैभन्दा बढी अन्य समूहको परिसूचक २.४३ प्रतिशत, लघुवित्तको २.४५ प्रतिशत, बैंकिङ उपसमूहको २.१६ प्रतिशत, होटल तथा पर्यटन समुहको २.२९ प्रतिशत र निर्जीबन बिमा समूहको परिसूचक १.१२ प्रतिशतले बढेको छ । अन्य समूहको परिसूचक भने सामान्य बढेको छ । 

    व्यापार समूहको परिसूचक सबैभन्दा बढी १.२७ प्रतिशतले घट्दा वित्त समूहको परिसूचक ०.८१ प्रतिशत र हाइड्रोपावरको ०.१५ प्रतिशतले घटेको छ ।

    ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट 

    सोमबार ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था, कुथेली बुखारी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

    त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा माथिले बढेको छ । यता, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । 

    आइतबारको कारोबार रकममा नेपाल पुनर्विमा कम्पनीको हिस्सा सबैभनदा बढी रहेको छ । यो कम्पनीको ३२ करोड ६४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेपाल पुनर्विमा कम्पनीको सेयर मूल्य एक हजार ११ रुपैयाँ रहेको छ । सोमबार सबैभन्दा बढी कुमारी बैंकको सेयर खरिद बिक्री भएका छन् । प्रतिकित्ता २०७.२० रुपैयाँ रहेको यो कम्पनीको ४ लाख १६ हजार ३४९ कित्ता सेयर खरिद बिक्री भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार