images
images

विदेशी दातृ निकायबाट कति पैसा आयो, सदनलाई जानकारी होस् : सांसद सिंह

विदेशी दातृ निकायबाट कति पैसा आयो, सदनलाई जानकारी होस् : सांसद सिंह

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • images
    images
    विदेशी दातृ निकायबाट कति पैसा आयो, सदनलाई जानकारी होस् : सांसद सिंह
    images
    images

    काठमाडौँ / स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट कति सहयोग आएको छ भन्ने कुरा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । 

    images
    images

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आएको रकम के के कुरामा खर्च भयो भन्ने कुरामा सरकार मौन बस्न नमिल्ने बताएका हुन् ।

    उनले भने, “सार्वभौम देशको सार्वभौम जनता हौं । कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो, कति देश टुक्राउनेमा लगानी भयो यसको सम्पूर्ण जानकारी राख्ने हक सदनलाई छ । दातृ निकायबाट कति सहयोग आएको छ त्यो सरकारले सदनलाई जानकारी गराउनुपर्दछ ।” 

    उनले नेपाल ग्रे–लिष्टमा पर्नुको कारण पनि अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा जोड दिए । 

    उनले अहिलेको सरकारलाई कति पैसा एनजिओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार