काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । राती २ बजेर ५१ बजे काठमाडौँ र आसपासको जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको कम्पन केही बेर रहेपछि सर्वसाधरण आत्तिएर घर बाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको जनाएको छ । केन्द्रले उक्त भूकम्प ६.१ भूकम्प गएको म्याग्निच्युडको रहेको उल्लेख गरेको छ ।
