images
images

नयाँ कार्यसमिति निर्वाचित गर्दै सकियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा

नयाँ कार्यसमिति निर्वाचित गर्दै सकियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    नयाँ कार्यसमिति निर्वाचित गर्दै सकियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा
    images
    images

    काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समिति निर्वाचित गर्दै राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग, काठमाडौँमा बैंकको सभा सम्पन्न भएको हो । 

    images
    images

    फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पृथ्वी बहादुर पाँडेसहित दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी, र मदन कुमार आचार्यको निर्विरोध चयन भएका छन् । 

    त्यस्तै, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक  पदको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका छन् ।

    बैंक आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

    आर्थिक वर्ष २०८०/८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  लिमिटेडको कूुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्घि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/८१  को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड  रुपैयाँले वृद्घि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । 

    अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोश ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ । 

    हाल बैंकले २७२ शाखा, २६६ एटिएम, १६ राजश्व सङ्कलन काउन्टर सहित ६५ एक्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङ मापर्mत ३२ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ । 

    गुणस्तरीय सेवा तथा सुबिधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन– युरोमनीबाट “बेस्ट बैंक २०२३” को उपाधि समेत प्राप्त गर्न सपmल भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार